पोखरा महानगरपालिकाको चालू आवको आर्थिक फेहरिस्त

लक्ष्यभन्दा ३९ प्रतिशत कम आम्दानी, बजेटको आधा हिस्सा खर्च

लक्ष्यभन्दा ३९ प्रतिशत कम आम्दानी, बजेटको आधा हिस्सा खर्च
+
-

पोखरा-आर्थिक वर्ष सकिन ४५ दिन मात्रै बाँकी रहँदा पोखरा महानगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य भन्दा न्यून आय गर्ने संकेत देखिएको छ।

चालू आवका लागि महानगरले ६ अर्ब १७ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको थियो। महानगरको बाह्य आम्दानीमा ३ अर्ब ९१ करोड र आन्तरिक आयबाट २ अर्ब २६ करोड लक्ष्य छ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले सोमबार सार्वजनिक गरेको आर्थिक प्रगति विवरणमा लक्ष्य भन्दा झन्डैं ३९ प्रतिशत कम आय भएको जानकारी दिएका छन्।

महानगरले जेठ १३ गेतसम्म प्राप्त आम्दानीमा बाह्यतर्फ २ अर्ब ७६ करोड र आन्तरिक आम्दानी तर्फ १ अर्ब ४ करोड रुपैयाँ संकलन गरेको देखिन्छ। गत वर्ष महानगरले आम्दानीका दुवै स्रोतबाट जम्मा ३ अर्ब ३ करोड ५१ लाख आम्दानी गरेको थियो। आम्दानीको लक्ष्यमा आन्तरिक स्रोतबाट प्राप्त हुनुपर्ने राजस्व संकलन लगायतको कर बेलैमा जम्मा नहुँदा लक्ष्य प्रभावित हुने देखिएको हो।

एकिकृत सम्पति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी कर, सेवा शुल्क, व्यवसाय कर लगायत महानगरका मुख्य आन्तरिक आम्दानीका स्रोत हुन्। तर महानगरले मुख्य आम्दानीको स्रोत मानिरहेको घरबहाल कर समेत लक्ष्यमुखी ढंगले असुल गर्न सकेन।

२ अर्ब २६ करोड राजस्व संकलनको लक्ष्य लिएको महानगरले चालू आवको ११औँ महिनासम्म १ अर्ब ४ करोड रुपैयाँ मात्र संकलन भएको देखिन्छ। सटर भाडाबापत वार्षिक २ करोड ७ लाख रुपैयाँ आम्दानी हुन्छ। महानगरकै कमजोर संयन्त्रका कारण वर्षौदेखिको बक्यौता खप्टिएको घरभाडा उठाउन सकिरहेको छैन। सम्झौतामा महानगरको सटर भाडामा लिएर हालसम्म १ करोड ५६ लाख रुपैयाँ उठाउन नसकेको देखिन्छ।

यहि आर्थिक वर्ष भित्र महानगरले बक्यौता रकम सहितको सटर भाडा आउँदो असार मसान्तसम्ममा उठाइ सक्ने मेयर मानबहादुर जिसीले बताए। घरबहाल कर संकलनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएसँगै महानगरले उठाउने विषयले चर्चा पाएपनि काम सुरु हुन सकेन।

आउँदो वर्षदेखि कानुन नै बनाएर पोखरा महानगरले आधुनिक पद्दति मार्फत घर बहाल करलाई थप व्यवस्थित गर्ने मेयर जिसीले सुनाए। उनले भने, ‘कर प्रणालीमा आधुनिक पद्दती मार्फत सरलीकरण गरी लागू गर्ने योजनामा छौं।’

महानगरका विभिन्न २० वटा वडाबाट सफ्टवेयर मार्फत राजस्व संकलनको काम हुँदै आएको मेयर जिसीले जानकारी दिए। बाह्य आम्दानीमा नेपाल सरकारबाट प्राप्त हुने निसर्त अनुदान सहितका वित्तीय समानीकरण अनुदान, प्रदेश सरकाबाट प्राप्त अनुदान र जनसहभागिताबाट समेत महानगरलाई आम्दानी हुन्छ।

चालु आवमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत २ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्ष्येपण सहित महानगरले बजेट ल्याएको थियो। जसमा निसर्त अनुदान ६१ करोड ४४ लाख नेपाल सरकाबाट प्राप्त हुन्छ। सशर्त अनुदानबाट १ अर्ब २० करोड ४२ लाख रुपैयाँ महानगरलाई प्राप्त हुनुपर्नेछ ।

समपूरक अनुदानबाट ६ करोड रुपैयाँ, विशेष अनुदानबाट १५ करोड, राजस्व बाँडफाँडबाट ३४ करोड ६५ लाख रुपैयाँ प्राप्त गर्नुपर्ने महानगरको लक्ष्य हो। महानगरले मंगलबार जारी गरेको आर्थिक विवरणमा २ अर्ब ७६ करोड रुपैयाँ मात्र बाह्य आम्दानीको शीर्षकमा प्राप्त गरेको जनाएको छ। लक्ष्य भेट्टाउन महानगरले अबको ४५ दिन भित्रमा नै १ अर्ब बेंसी रुपैयाँ महानगरको खातामा जम्मा हुनुपर्दछ।

चालु आवमा ४९ प्रतिशत बजेट खर्च


पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षको विनियोजित कुल बजेटमध्ये साढे १० महिनामा ४९ प्रतिशत बजेट कुल खर्चिको छ। पुँजीगततर्फ महानगरले चालु आवको जेठ १३ गतेसम्मको आर्थिक प्रगति हेर्दा महानगरले १ अर्ब १८ करोड ४७ लाख रुपैयाँ खचिएको छ। कुल पुँजीगत बजेट २ अर्ब १६ करोड ७ लाखको खर्चमध्येको रकम ४९.५ प्रतिशत देखिन्छ।

चालु खर्चतर्फ महानगरले विनियोजन गरेको कुल बजेट २ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा १ अर्ब ६७ करोड ४८ लाख ७८ रुपैयाँ मात्र खर्चिएको छ। कुल बजेटमध्ये खर्च भएको रकम ५३.५ प्रतिशत हुन आउँछ।

मेयर जिसीले अधिकांश विकास निर्माणका योजनाहरु ठेक्का प्रक्रियामा गइसकेकोले असारमसान्तसम्म बजेट खर्च प्रतिशत ह्वात्तै बढ्ने बताए। ‘गत वर्ष विविध समस्याका कारण पनि महानगरले ८० प्रतिशत प्लस खर्च गरेको थियो,’ उनले भने, ‘चालू आवका विकास योजनाका टेन्डर धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा गइसकेकोले असारसम्म हामी ८५ प्रतिशत हाराहारी बजेट खर्चन सक्छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?