देश सञ्चार
माघ २४, २०७४
अ
+
अ
अ
-
काठमान्डाै- नेपालका युवा स्ट्राइकर विमल घर्तिमगर अाबद्ध माेहन बगानले भारतिय घरेलु लिग फुटबल अाइ लिगमा बुधबार साँझ चेन्नइ सिटीकाे सामना गर्दै छ।
विमलले अघिल्लाे खेलमा माेहन बगानमा डेब्यु गरेका थिए। खेलकाे अन्तिम समयमा विमल मैदान उत्रन पाएकाे त्यस खेलमा माेहन बगान विजयी भएकाे थियाे। माेहन बगानले याे सिजन घरेलु लिगमा १२ खेलबाट २० अक जाेडेर चाैथाे स्थानमा छ। शीर्षस्थानमा रहेकाे मिनर्भाले १३ खेलबाट २९ अक बनाएकाे छ। चेन्नइकाे १३ खेलबाट ११ अक छ।
भर्खरै
लोकप्रिय







































































































































































































