प्रधानमन्त्री ओलीले शनिबार ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ को घोषणा गर्ने

प्रधानमन्त्री ओलीले शनिबार ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ को घोषणा गर्ने
+
-

पोखरा– नेपाल सरकारका पर्यटन मन्त्री समेत भएका कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद स्व. रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पोखरास्थित सभागृह हलमा दिउँसो १२ः३० बजे ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापनाको घोषणा गर्ने कार्यक्रम रहेको प्रतिष्ठान तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले जानकारी दिइन्।

रवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन परिवार, साथीभाइ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त निर्णयमा प्रतिष्ठान स्थापना गर्न लागिएको उनले बताइन्।

‘राजनीति र विकास फरक विषय थियो,’ रवीन्द्र पत्नी भट्टराईले भनिन्, ‘तर राजनीति र विकास दुवै मिलाएर अघि बढाउन सकेमा मात्रै दीगो विकासको परिकल्पना गर्न सकिन्छ भन्ने भावना उहाँले जागृत गराउनु भयो।’

नेपाली समाजको अग्रगमन र सामाजिक परिवर्तनमा रवीन्द्रले पु¥याएको योगदानका साथै ल्याएको जागरणलाई सफल तुल्याउन प्रतिष्ठान मार्फत विश्वविद्यालय सञ्चालनसम्मको योजना रहेको उनले बताइन्।

‘प्रतिष्ठानले मूलतः अनुसन्धानात्मक क्रियाकलापलाई जोड दिनेछ। मानव स्रोत संसाधन विकास नभइन्जेल देशको विकास हुँदैन भन्ने रवीन्द्रजीको पनि धारणा थियो,’ भट्टराईले भनिन्, ‘आजको औद्योगिक बजारसँग जोड्ने श्रम उत्पादन गर्ने विश्वविद्यालय तहसम्मको इन्ष्टिच्यूट विकास गर्ने योजना छ।’

प्रतिष्ठान स्थापनाका लागि ३५ सदस्यीय तदर्थ समिति गठन भएको महासचिव धनराज आचार्यले जानकारी दिए। ४५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको उनले बताए।

प्रतिष्ठान गैरनाफामूलक संस्थाको रुपमा रहने महासचिव आचार्यले जनाए। साथीभाई, इष्टमित्रको सहयोगमा अघि बढिरहेको बताउँदै उनले आगामी दिनमा सरकारको समेत सहयोग आउन सक्ने सुनाए।

शिक्षा सहित स्वास्थ्य र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रतिष्ठानले अनुसन्धानात्मक कार्य गर्ने महासचिव आचार्यले जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?