बझाङमा हसियाले हानेर युवकले गरे छिमेकी महिलाकाे हत्या

बझाङमा हसियाले हानेर  युवकले गरे छिमेकी महिलाकाे हत्या
+
-

धनगढी-बझाङमा लुगा धुन गएकी महिलालाई उनकै छिमेकी युवकले धारिलो हतियार प्रहार गरि हत्या गरेका छन्।

सुर्मा गाउँपालिका वडा नम्बर–४ गौखेडा बस्ने लक्की पुजाराकी श्रीमती २५ वर्षीया जुना पुजाराको छिमेकी अंकल नाता पर्ने लोकेन्द्र पुजाराले पछाडीबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख सुर्यबहादुर केसीका अनुसार बिहीवार वेलुका ४ बजे घर नजिकै रहेको धारामा लुगा धोइरहेकी जुनालाई उनका अंकल नाता पर्ने पुजाराले पछाडीबाट घाँटीमा हँसिया प्रहार गरी हत्या गरेका हुन्।

हत्यापछि नजिकै रहेको एक घरको गोठमा लुकाएर राखिएको अवस्थामा जुनाको शव भेटिएको प्रहरी प्रमुख केसीले बताए। मृतकको लास नाङगै भेटिएका कारण उनको बलात्कार पनि भएको हुनसक्ने आशंका गरिएको छ।

हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी प्रमुख केसीले बताए। हत्याको कारण घरायसी झगडा हुन सक्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?