
नेपालगञ्ज– बाँके प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। दुवैलाई छुट्टाछुट्टै ठाउँबाट नियन्त्रणमा लिइएको हो।
पुरैनाका कलिम साह र बर्दिया घर रहेका विशाल सुनार ब्राउनसुगरसहित पक्राउ परेका छन्। पुरैनाका कलिमसँग ७ ग्राम २ सय मिलिग्राम ब्राउनसुगरसहित ३२ हजार रुपैया फेला परेको छ। प्रहरीले कलिम कारोबारी भएको दावी गरेको छ।
त्यस्तै, बर्दियाका सुनारसँग सात ग्राम ब्राउनसुगर फेला परेको छ।
दुवैलाई प्रहरीले म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। ब्राउनसुगरमा प्रहरीले एक ग्राम भेटिँदा नै मुद्दा प्रक्रिया अघि बढाउने गरेको छ।
सीमावर्ती भारतीय बजारबाट ब्राउनसुगर ल्याउने र नेपालगञ्ज आसपासमा बेच्ने गरेको पाइन्छ। कारोबारीले एक/एक डोजको पुरिया बनाएर प्रतिपुरिया पाँच सय रुपैया बिक्री गरेको पाइएको छ।
सम्बन्धित समाचार