
पोखरा-आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि गण्डकी प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम एवं बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ।
गण्डकी प्रदेश सभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिद्धान्त र प्राथमिकता पेश गर्दै सरकारले दीर्घकालिन सोचका साथ आगामि वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको बताए।
चालु आवका बजेट कार्यक्रमले परिलक्षित विकास कार्यक्रमहरु कार्यान्वय भइरहको सुनाउँदै अर्थमन्त्री गुरुङले आगामी आवको बजेटलाई प्रशासनिक संयन्त्रको क्षमता विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार, दीगो विकास कार्यक्रम तथा भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत रहेको जानकारी दिए।
प्रदेश सांसदहरुको विकास आयोजनामा सहभागिता बढाउन निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री गुरुङले जानकारी दिए।