नक्कली पत्रकार बनी चोरी गर्ने पक्राउ

+
-

काठमाडौँ-महानगरीय अपराध महाशाखाले नक्कली पत्रकार बनी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले गोष्ठी स्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरीका धनमालसहित मंगलबार अपराध महाशाखा काठमाडौँको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।

केसीले माघ २० गते कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा बैंकरहरुको तालीम सञ्चालन भइरहेको अवस्थामा खाजा खाने समय पारी ‘फायर साइड डेली’ नामको नक्कली प्रेस कार्ड देखाई तीन महिलाको लेडिज ब्याग, ब्यागभित्र रहेको नगद तथा मोबाइलका साथै नगद रु ३२ हजार ५०० चोरी गरेका थिए । केसीबाट प्रहरीले मोबाइल एक थान, घडी दुई थान, ब्याग एक थान, फायर साइड डेलीको प्रेस कार्ड एक थान, कार्यक्रम लेखिएको डायरी एक थान र सिमकार्ड दुई थान बरामद गरेको छ ।

केसीले विभिन्न कार्यक्रम स्थलमा पुगी उपस्थित मानिसको ब्याग तथा ब्यागभित्र भएका ल्यापटपसमेत चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

केसीलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?