राष्ट्रियसभाको मतदानमा प्रदेश ५ मा १५ मत बदर

राष्ट्रियसभाको मतदानमा प्रदेश ५ मा १५ मत बदर
+
-

दाङ- प्रदेश नम्बर ५ काे दाङमा भएको राष्ट्रिय सभा सदस्यकाे निर्वाचनमा १५ वटा मत बदर भएको छ।

दलिततर्फ ७, अपांग/अल्पसंख्यकतर्फ ८ गरी जम्मा १५ वटा मत बदर भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।

मतदान नगरी खालि बुझाएकाे मतपत्रलाई पनि बदर मतमा जाेडिएकाे हुँदा बदर मतकाे सङ्ख्या बढी हुन अाएकाे हाे। ‘राइट लगाएर मत सङ्केत गर्नुपर्ने ठाउँमा १, २,३ लेखिएको पाइयाे,’ मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भने, ‘मत सङ्केत नगरी बुझाएको मतपत्रलाई पनि बदर मानेका छाैँ।’

प्रदेश नम्वर ५ मा महिला निर्विरोध चुनिएका थिए, भने पाँच जना राष्ट्रिय सभा सदस्य चयन गर्न भएको निर्वाचनमा ३०३ मत खसेकाे थियाे। ३०५ मतदाता रहेकाे पाँच नम्बर प्रदेशमा २ जना मतदाताले मतदानमा भाग लिएनन्। निर्वाचन शिक्षा नहुँदा जनप्रतिनिधिले समेत मत सङ्केत गर्न नजान्दा बदर मत धेरै भएको हाे ।

सम्बन्धित समाचार 

प्रदेश ६ : स्थानीय जनप्रतिनिधिको धेरै मत बदर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?