
अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका युवा नेता गगन थापा विजयी भएका छन्। वाम गठबन्धका पक्षमा देशैभर उर्लेको लहरले आच्छुआच्छु पारे पनि काठमाडौं ४ बाटै गगनको दोस्रो पटकको विजयलाई रोक्न भने सकेन।
थापा २१ हजार ५ सय ५८ मत प्राप्त गरी विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका छन्।
गगनको वर्चस्व रहेको ठानिएको क्षेत्रमा भट्टराईले कडा टक्कर दिएका छन्।
२०६४ को संविधान सभामा समानुपातिक सांसद् बनेका गगन २०७० सालको निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका थिए।