
काठमाडौं – भारतको आई–लिग फुटबल अन्तर्गत बुधबार बेलुका भएको खेलमा नेपालका युवा स्ट्राइकर बिमल घर्तीमगर रहेको टिम मोहन बगान चेन्नई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ ।
यहि महिना मोहन बगानमा अनुबन्धित भएको बिमल कोयम्बटुरमा भएको खेलमा ३४ औँ मिनेटमा मैदान छिरेका थिए । मोहन बगानले खेलको सुरुमा नै गोल गर्ने राम्रो अवसर बनाएको थियो । तर त्यसमा सफल हुन सकेन ।
बिमलले यसअघिको खेलमा मोहन बगानबाट डेब्यु गरेका थिए । बराबरीपछि चौथो स्थानमा रहेको बिमलको टिम मोहन बगानको खेलबाट २१ अंक भएको छ । शीर्षस्थानमा रहेको मिनर्भा पञ्जाबको २९ अंक बनाएको छ । चेन्नईको १२ अंक भएको छ ।