उद्धार तथा राहात कार्यमा सहयोग गर्न प्रदेश सरकारको अपिल

कैलाली हुरी पीडितलाई प्रदेशसभा सदस्यले दुई दिन बराबरको तलब दिने

कैलाली हुरी पीडितलाई प्रदेशसभा सदस्यले दुई दिन बराबरको तलब दिने
+
-

धनगढी-कैलालीमा हावाहुरीबाट प्रभावित परिवारलाई राहत वितरणको प्रक्रिया सुरु गरिएको छ।

शुक्रबार बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकपछि प्रभावित परिवारलाई राहत बितरणको प्रक्रिया शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

उनले पहिचान भएका प्रभावित परिवारलाई त्रिपाल, खाद्यन्न लगायतका राहत सामाग्री बितरण गरिने जानकारी दिए। बैठकले तत्काल राहत बितरणको प्रक्रिया अघि बढाउने र हावाहुरी प्रभावित परिवारको तथाक संकलन शुरु गर्ने निर्णय गरेको उनले बताए।

यस्तै बैठकले अवरुद्ध सडक, खानेपानी, टेलिफोन, विद्युत सेवा सुचारु गर्नका लागि सवै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ।यसैबीच धनगढी नगर क्षेत्रमा ढलेका रुख हटाएर सडक सुचारु गर्ने कामलाई तिब्रता दिइएको छ।

गएराति आएको हुरीबतासमा परि कैलालीमा २ जनाको ज्यान गएको थियो ७६ जना घाइते भएका थिए। घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ। सयौ कच्ची घरका छाना उडाएर क्षती पुगेको छ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले बिहिवार राति कैलाली र कचनपुरमा हुरीबतास (प्रकोप)बाट भएको क्षतिको विवरण संकलन, राहत तथा उद्धारको कार्यमा सहयोग गर्न सवैलाई अपिल गरेको छ। साथै प्रदेश सरकारले प्रकोपबाट भएको जनधनको क्षतीप्रति गहिरो दु:ख व्‍यक्त गरेको छ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले प्रदेश सुरक्षा समन्वय समितिको बैठक बसी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतको कार्य संचालन गर्ने निर्णय भएको जानकारी दिए।

मन्त्री शाहले हावाहुरीबाट कैलालीमा २ जनाको ज्यान गएको र कैलालीमा ७६ जना तथा कचनपुरमा २३ जना घाइते भएको उल्लेख गर्दै घाइतेमध्ये अधिकाश उपचापछि घर फर्किएको बताए।

उनले गम्भिर १० जनाको धनगढी, कोहलपुर तथा भारतका अस्पतालमा उपचार भइरहेको जानकारी दिए। मन्त्री शाहले हावाहुरीबाट भएको जनधनको क्षतीको सम्पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारका तर्फ आवश्यक राहतको घोषणा गरिने बताए।

उनले हुरीबतासले अवरुद्ध भएका सडक, विद्युत सेवा, खानेपानी, टेलिफोन लगायतका सेवा सुचारु गर्न समेत आवश्यक काम अघि बढाइएको बताए।
यसैबीच सुदूरपश्चिम प्रदेश सभाका नेकपाका प्रदेश सभा सदस्यले दुइ दिन र नेपाली काग्रेस प्रदेश सभा सदस्यले दुइ दिन बराबरको तलव हुरीबतास प्रभावित परिवारलाई उपलब्ध गराउने घोषणा गरेका छन्।

शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेशसभा सदस्यले घटनाप्रति दु:ख व्‍यक्त गर्दै दुई दिन बराबरको तलब दिने घोषणा गरेका हुन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?