कैलालीमा हुरीको कहर

हावाहुरीबाट कैलालीमा एक हजार एक सय ७४ घरमा क्षति

हावाहुरीबाट कैलालीमा एक हजार एक सय ७४ घरमा क्षति
+
-

धनगढी-बिहीबार राति आएको हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ठूलो घनजनको क्षति भएको भएको छ।

सुदूरश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले हावाहुरीबाट कैलालीमा दुईजनाको मृत्यु भएको र ७६ जना घाइते भएको जानकारी दिएका छन्।

उनले घाइत मध्ये ६६ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी १० जनामध्ये दुईजनाको भारतको लखनऊ, दुई जनाको कोहोलपुर मेडिकल कलेज र ६ जनाको धनगढीको सेती अस्पतालमा उपचार भइरहको बताए।

यस्तै मन्त्री शाहीका अनुसार कञ्चनपुरमा हावाहुरी बाट २३ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जना सामान्य उपचारपछि घर फर्केको र बाँकी ८ जनाको धनगढीको सेती अस्पतालमा उपचार भइरहको छ।

हावाहुरीले भत्काएको मुक्त कमैयाको शिविरमा रहेको घर। यहाँका अधिकांश घरको टीनको छानो हावाले उडाएको छ। तस्बिर-हिमाल जोशी/देश सञ्‍चार

हालसम्म प्राप्त भएको क्षतिको प्रारम्भिक विवरण अनुसार कैलालीमा मात्रै १ हजार १ सय ७४ घरमा क्षति पुगेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिएका छन्। उनले बाँकी क्षतिको विवरण संकलन भएरहेको बताए।

हावाहुरीका कारण बिहीबार रातिदेखि नै धनगढीमा विद्युत आपूर्ति बन्द भएको छ। विद्युतका पोलहरुमा के कति क्षति भएको भन्ने एकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?