नेप्से परिसूचक ९ अंकले बढ्यो, नेपाल बैंकले गर्‍यो धेरै रकमको कारोबार

नेप्से परिसूचक ९ अंकले बढ्यो, नेपाल बैंकले गर्‍यो धेरै रकमको कारोबार
+
-

काठमाडौँ- बुधबार दोहोरो अंकले घटेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन ९.०१ अंकले उकालो लागेको छ।

बिहिबार दिनभरमा १ सय ५२ कम्पनीको २६ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक १३९१.०३ अंकमा पुगेको हो।

साताको अन्तिम कारोबार दिन ३ हजार ३ सय ९४ कारोबारबाट ६ लाख ८६ हजार ४ सय ६३ कित्ता सेयर खरिदबिक्री भएको छ।

बुधबार धेरै रकमको कारोबार भएको नेपाल बैंक लिमिटेड बिहीबार पनि धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। नेपाल बैंकको १ सय ७५ कारोबारबाट  २ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाउँदा आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता धेरै गुमाउन पुगे।

सूर्योदयको मूल्य ९.९६ प्रतिशतले उकालो लाग्दा आरएसडीसीको मूल्य ९.९८ प्रतिशतले घटेको थियो।

नेपाल स्टक एक्सचेञ्जको नियमानुसार कुनै पनि कम्पनीको मूल्य अधिकतम १० प्रतिशत बढ्न वा घट्न सक्छ।

साताको अन्तिम दिन ट्रेडिङ र वित्त बाहेकका उपसूचकहरु उकालो लागेका छन्।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष