काठमाडौं–आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ब एक सय ३९ रनको लक्ष्य पछ्यारहेकाे नेपालले १० अाेभरमा एक विकेट गुमाएर २३ रन जाेडेकाे छ। पारस खड्का १४ र ज्ञानेन्द्र मल्ल नाै रनमा खेलिरहेका छन्। टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३४.२ अाेभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो।
नामिबियालाई सस्तोमा समेट्न स्पिनर सन्दिप लामिछानेले चार तथा साेमपाल कामीले तीन विकेट लिए। शरद भेषावकर, बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे।
नामिबियाका क्रेग कोलिन्स ४१ तथा जेन ग्रिन र जान फ्रिलिन्कले २२/२२ रन बनाए। स्टेफान बार्ड र जेजे स्मिथले १८/१८ रन बनाए।
सन्दिपले ८.२ अाेभरमा दुई मेडन राखेर १८ रन खर्चिए। सोमपालले सात ओभरमा एक मेडन राखेर ३५ रन दिए। पारसले चार ओभरमा दुई मेडन राखेर १६ रन दिए।
सम्बन्धित समाचार