आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन ओलीलाई अष्टलक्ष्‍मीको दबाब

आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन ओलीलाई अष्टलक्ष्‍मीको दबाब
+
-

काठमाडौं- एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई आफूलाई ३ नम्बर प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउन दबाब दिएकी छिन्।

शुक्रबार बिहान संसदीय दलको नेता छनोटका लागि चुनाव गर्ने कार्यक्रम तय भएको अवस्थामा बिहीबार दिउँसो भेटेर शाक्यले आफूलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउन अध्यक्ष ओलीलाई आग्रह गरेकी हुन् ।

३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लािग शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् । भेटका क्रममा शाक्यले आफू पार्टीमा लामो समय संघर्ष गरेको र अरु प्रदेशमा समेत महिला आकांक्षी नभएकाले सकारात्मक सन्देश दिन पनि पार्टीले आफूलाई नै अघि सार्नुपर्ने धारणा राखेकी थिइन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा ओलीले सहमतिका साथ अघि बढ्न र चुनावमा नजान सुझाव दिएको स्रोतको भनाइ छ । शाक्यपछि ओलीले पाण्डेसँग पनि त्यही कुराकानी गरेका थिए । ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग मात्र एक घण्टाभन्दा बढी एक्लाएक्लै छलफल गरेका छन् ।

शाक्य र पाण्डे दुवै माधव नेपाल गुटमा भए पनि पछिल्लो समय पाण्डे अध्यक्ष ओलीसँग नजिकिएका छन्।

ओली निकट स्रोतका अनुसार ३ नम्बर प्रदेशमा शाक्यलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन सके १ नम्बर प्रदेशमा पनि सहमितका लागि दबाब पुग्‍ने भएकाले सहमितका साथ अघि बढ्न र चुनावमा नजान सुझाव दिएका हुन् । तर, ओलीको भित्री समर्थन भने पाण्डेलाई नै रहने स्रोतको भनाइ छ ।

भेटपछि शाक्यले छोटो प्रतिक्रिया दिँदै ‘छलफल चलिरहेको’ जानकारी दिइन् । पाण्डेले भने आफू प्रतिस्पर्धाबाट नबाहिरिने बताए।

एक सय १० सदस्यीय ३ नम्बर प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेता बन्न कम्तिमा ३० जना सांसदको समर्थन चाहिन्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष