प्रतिशत अंक र अक्षरमा फरक पर्दा समानुपातिकको सिट बाँडफाँड भएन

प्रतिशत अंक र अक्षरमा फरक पर्दा समानुपातिकको सिट बाँडफाँड भएन
+
-

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको एक सय १० सिटको औपचारिक बाँडफाँड शुक्रबार मात्र गर्ने भएको छ।

बिहीबार नै सिट बाँडफाँड गरेर दलहरुलाई पत्र लेख्ने तयारी भए पनि राष्ट्रियसभा चुनावको पूर्ण प्रतिवेदन तयार नभएकाले एक दिन पर सरेको हो ।

स्रोतका अनुसार ६ नम्बर प्रदेशबाट राष्ट्रियसभाको चुनावको प्रतिवेदन पठाउने क्रममा प्रतिशत अंक र अक्षरमा फरक परेकाले आयोगले बिहीबार सिट निर्धारण नगरेको हो।

शुक्रबार सिट निर्धारण गरेर बन्द सूचीबाट नाम छनोट गर्न तीन दिनको समय दिने तयारी आयोगले गरेको छ।

सच्याउन अर्को दुई दिनको समय दिएर फागुन २ गते राष्ट्रपति समक्ष सम्पूर्ण चुनावको प्रतिवेन राष्ट्रपतिलाई बुझाउने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए।

अनौपचारिक रुपमा समानुपातिकको एक सय १० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपा र फोरमले ६/६ सिट पाएका छन्।

सम्बन्धित समाचार 

प्रतिनिधिसभामा समानुपानिक तर्फको सिट आज बाँडफाँड हुँदै

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’