लागूऔषधको गोदाममा प्रहरीको छापा, १२ लाख बराबरको लागूऔषध बरामद

लागूऔषधको गोदाममा प्रहरीको छापा, १२ लाख बराबरको लागूऔषध बरामद
+
-

पोखरा– पछिल्लो केही दिनयता लागुऔषध गिरोहलाई निशाना बनाएको कास्की प्रहरीले शुक्रबार एउटा लागुऔषध गोदाम नै बरामद गरेको छ।

पोखरा १० रामघाटस्थित एक घरलाई लागुऔषध कारोबारीले गोदाम बनाई कारोबार गर्दै आइरहेको पत्तो पाएपछि छापा मार्दा ठूलो परिमाणको लागुऔषध फेला परेको हो।

गोदामबाट कम्तिमा १२ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले जानकारी दिए।

कारोबारी मध्येका १८ वर्षीय डेभिड तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायव निरीक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको टोलीले डाइजापाम, फेनेरागन र नर्फिन गरी १ हजार ४ सय ६४ थान बरामद गरेको हो। त्यस्तै, १ सय थान नाइट्रोजन चक्की, १ सय एमएलको फेन्सिडिल ३ सय ३८ बोतल र १६ हजार ७ सय ७५ रुपैयाँ नगद बरामद गरेको एसपी कार्कीले जानकारी दिए।

पक्राउ परेका डेभिडले प्रहरीलाई बताए अनुसार आफूलाई दाइले फसाएको बताएका छन्। उनी सहित उनका दाइ र अन्य ठूलै लागुऔषध कारोबारीको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले जेठ २९ गते लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन पोखरा १० रामबजारका गोविन्द थापामाथि गोली चलाएको थियो।

उनको साथबाट १५ सय थान लागुऔषध बरामद भएको थियो। उनको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

जेठ २९ गते नै अमरसिंहबाट ९ सय थान लागुऔषध सहित देवीकुमारी गुप्ता पक्राउ परेकी थिइन्। उनका श्रीमान् उदयकुमार गुप्ता लागुऔषध मुद्दामा कास्की कारागार छन्। श्रीमानले कारागारबाट कारोबारको सेटिङ मिलाएर श्रीमतीलाई लागुऔषध ओसारपसारमा संलग्न गराएको तथ्य फेला परेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?