
काठमाडौं – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्र पाण्डे प्रदेश नम्बर ३ को मुख्यमन्त्री होडबाट पछि हटेका छन् । एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि शुक्रबार चुनाव गर्दैछ ।
तर संसदीय दलको नेता बन्दै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै आएको नेता पाण्डेले भने देश सञ्चारसँग कुरा गर्दै आफू होडबाट पछि हटेको बताएका छन् ।
उनले भने ‘चुनावमा गएपछि जित्नु पर्छ । जित्ने जस्तो नदेखिएपछि चुनावमा जानुको औचित्य छैन ।’ उनले आफूले उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् ।
अहिलेसम्म उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मात्रै उम्मेदवारी दर्ता गराएकी छन् । पछिल्लो समय चर्चामा रहेका डोरमणि उपाध्यायले पनि उम्मेदवारी दिने सम्भावना छ ।
सम्बन्धित समाचार
ओलीले नपत्याएपछि राजेन्द्र पाण्डे नेपाल गुटमै फर्किए