
लमजुङ– लमजुङको दुधपोखरी गाउँपालिका–१ मा रहेको पर्यटकीय एवं धार्मिक स्थल दुधपोखरी कुण्डमा घुम्न गएका एक जनाको लेक लागेर मृत्यु भएको छ।
लेक लागेर बेँसीशहर नगरपालिका–८ का अन्दाजी ४५ वर्षीय दीपक अधिकारीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
पाँच जना साथी मिलेर उक्त स्थानमा घुम्न गएको र लेक लागेर मृत्यु भएपछि प्रहरीलाई मृतकका आफन्तले दिउँसो ४ बजेतिर खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए। उनका अनुसार प्रहरीलाई खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरु उक्त स्थानतर्फ जाँदै छ।
घटनास्थल टाढा, कच्ची सडक र सवारीसाधनबाट झरेपछि समेत तीन घण्टा पैदल यात्रा गरेपछि मात्रै प्रहरी पुग्ने र थप विवरण थाहा हुने निरीक्षक पाण्डेले बताए।
प्रहरीका अनुसार घटनातर्फ जाँदै गरेका प्रहरी टोली राति करीब ११ बजेतिर उक्त स्थान पुग्ने र मङ्गलबार बिहान मात्रै बेँसीशहर ल्याउन सकिनेछ।