बढी आसन ग्रहण गराएको भन्दै नेता नेपालको आपत्ति

बढी आसन ग्रहण गराएको भन्दै नेता नेपालको आपत्ति
+
-

धनगढी- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले धनगढीमा आयोजित एक कार्यक्रममा आसन ग्रहण धेरै गराएको भन्दै आयोजकको आलोचना गरेका छन्।

नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियनको दशौ केन्द्रीय सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका नेता नेपालले आयोजकले धेरै जनाको आसन ग्रहण गराएर समय खेर फालेको भन्दै आपत्ति जनाए।

‘बिहीबार टिकापुरमा आसनग्रहणका लागि २ घण्टा समय लगाईयो, झण्डै ५ सय जनाको आसन ग्रहण भयो होला, शुक्रबार धनगढीमा पनि हलमा उपस्थित भएका सबैलाई आसन ग्रहण गराउन समय खेर फालियो।’

नेता नेपालले भने–’यस्तो चलन बन्द गरिदिनुहोस समयको महत्वलाई बुझ्नुहोस, यो राम्रो चलन होईन। उनले आसन ग्रहण गराउँदा लाग्‍ने समयलाई कार्यक्रमको यथार्त बिषयबस्तुमा सदुपयोग गर्न सुझाव दिए।

‘एक जनालाई आसन ग्रहण गराउँदा छेउमै बसेको मान्छेलाई गराईएन भने उसले मुख न्यास्रो पार्छ त्यो भन्दा आसन ग्रहण गराउने चलनलाई नै बन्द गराईदिनुहोस, त्यसको सट्टामा व्याज बनाएर सबैलाई बितरण गरिदिए हुन्छ।’ नेता नेपालले प्रश्न गरे –हामीले समयको महत्व कहिले बुझ्‍ने?’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले यसो भनिरहँदा हलमा तालीको गड्गडाहट मच्चिएको थियो।

झोलामा खोला राख्‍नेले उर्जा संकट
सोही कार्यक्रममा बोल्दै नेता नेपालले झोलामा खोला राख्न पल्केकाहरुले नेपालमा उर्जा संकट निम्ताएको आरोप लगाए। उनले भने ‘झोलामा खोला राखेर जथाभावी जलविद्य‌ुत्त आयोजनाका नाममा लाईसेन्स वितरण गर्दै कमिसन खाने काम मात्रै भयो, फिल्डमा काम भएन, यहि कारण नेपालमा उर्जा संकट निम्तीयो, अब सबै मिलेर भ्रष्टाचारको जालो हटाउनुपर्छ।’

उनले देश विकासका सबै कामहरु अगाडी बढाउन बिजुली आवश्यक पर्ने भएकोले जलविद्य‌ुत उत्पादनमा लगानी बढाउनु पर्ने बताए।

‘विजुली नभई कुनै पनि काम अगाडी बढ्न सक्दैन त्यसैले पहिले बिद्युत उत्पादन बढाऔ त्यसपछि विकासका अन्य कामहरु दु्रत गतिमा अगाडी बढन सक्नेछन्।’ नेता नेपालले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?