काठमाडौं – त्रिशूली नदीमा गाडी खस्दा सिँचाई मन्त्रालयका सचिवसहित तीनजना बेपत्ता भएका छन् ।
सिँचाई मन्त्रालयको बा २ झ ३१४० नम्बरको गाडी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको गजुरी प्रहरीले जनाएको छ ।
नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् ।
गाडी र यात्रु बेपत्ता भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार