
देश सञ्चार
माघ २७, २०७४
अ
+
अ
अ
-
काठमाडौं – राष्ट्रियसभा सदस्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनजनाको नाम सिफारिस गरेका छन् ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभा सदस्यका लागि चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेका हुन् । संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् ।
तीनजना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ । त्यही व्यवस्था अनुसार प्रधानमन्त्री देउवाले तीनजनाको नाम सिफारिस गरेका हुन् ।

