रेशमको खेती गर्न धादीङबाट दाङ झरेका उद्यमी

रेशमको खेती गर्न धादीङबाट दाङ झरेका उद्यमी
+
-

दाङ – दाङमा पहिलो पटक व्यावसायीक रुपमा रेशमको खेती भएको छ । गढवा गाउँपालिका–४ हडैयामा १० विगाह जमिन भाडामा लिएर रेशमको व्यावसायीक खेती सुरु भएको हो ।

स्वर्गद्धारी रेशम प्रशोधन अनुसन्धान स्रोत केन्द्र स्थापना गरी सरस्वति माध्यमिक विद्यालयको जग्गा २० वर्षका लागि भाडामा लिएर व्यावसायीक रुपमा रेशमको खेती सुरु गरिएको स्रोत केन्द्रका प्रमुख रामनाथ अधिकारीले जानकारी दिए ।

‘दाङमा समथर जग्गा भएकाले रेशमको खेती राम्रो हुने विश्वास गरेको छु’ अधिकारीले भने ‘रेशमको धागो विश्व बजारमा खपत हुन्छ, यसको उत्पादन गरेर आम्दानी लिन सकिन्छ । स्थानीय बासिन्दालाई पनि रोजगारी दिन सकिने भएकाले धेरैको आय आर्जनको माध्यम बन्न सक्छ ।’

रेशमको धागो उत्पादन गर्न किम्बुको बिरुवा रोपिएको छ । किम्बुको घाँस रेशमी किराले मन पराउने गर्छन् । रेशमी किराले किम्बुको पात खाएर लार्भा बनाउँछन् । र त्यही लार्भालाई संकलन गरेर तातो पानीमा तताएर चर्खाको मद्दतबाट धागो कात्ने गरिन्छ ।

धादिङमा बसेर रेशमको खेती गरेका अधिकारी दाङमा व्यावसायीक खेती गर्न झरेका हुन् ।

अबको एक महिनापछि रेशमको कोकन उत्पन्न सुरु हुन्छ । कोकनलाई प्रशोधन गरेर धागो निकाल्ने काम सुरु हुने अधिकारीले जानकारी दिए । रेशमको खेती सुरुमा छिमेकी देश चीनबाट सुरु भएको हो । विस्तारै यसको खेती अन्य देशमा पनि सुरु गरिएको छ ।

१० महिलालाई ४५ दिने तालिम

गढवा गाउँपालिका–४ हडैयाका १० जना महिलालाई रेशमको धागो कात्ने तालिम दिइएको छ । उद्यमी श्रृजना तथा रोजगार कार्यक्रम अन्तर्गत महिलालाई रेशम धागो कात्ने तालिम दिइएको हो । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा गढवा गाउँपालिकाको सहयोगमा ४५ दिने तालिम दिइएको हो ।

‘घर धन्दामा व्यस्त हुन्थेँ तर तालिम आएपछि म पनि सहभागी हुन पाएँ’ स्थानीय गोमा बिकले भनिन् ‘दुई चार रुपैयाँका लागि पनि श्रीमानको भर पर्नुपर्ने बाध्यता छ, अब आफै उद्यमी भएपछि श्रीमानको भर पर्नु पर्दैन भन्ने लागेको छ ।’ रेशम प्रशोधन अनुसन्धान केन्द्रले तालिम प्राप्त महिलालाई रोजगारी दिने बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?