
सिमकोट- पर्यटकीय दृष्टिकोणले प्रख्यात मानसरोवरको अवलोकनका लागि भारतीय पर्यटकहरुको ओइरो लागेको छ।
नेपालको हुम्ला हुँदै जाने भारतीय पर्यटकहरु नेपालगञ्जबाट सिमकोट हुँदै दैनिक निजी एयरलाइन्सका हेलकोप्टरहरु प्रयोग गरेर मानसरोबरका यात्रा तय गर्ने गरेका छन्।
नेपालगञ्जबाट सिमकोटका लागि दैनिक ३५ देखि ४० फ्लाइट निजी एयरलाइन्सहरुले भर्ने गरेका छन् भने सिमकोटबाट हिल्साका लागि ८० सम्म हेलिकोप्टरहरुले सवारी ओसार्ने गरेका छन्।
अहिलेसम्म यो बाटो भएर मानसरोवर कैलाशको यात्रा गर्ने भारतीयहरुको संख्या यो वर्षमात्र चार हजार सात सयभन्दा बढी पुगेको छ। गत जेठ चार गतेबाट हुम्लामा मानसरोवर कैलाशका यात्रीहरु आउन थालेका हुन्।