
हेटौँडा- शनिबार ३ नम्बर प्रदेशको सभाशमुखमा निर्विरोध निर्वाचित भएका सानुकुमार श्रेष्ठले साँझ ५ बजे प्रदेश प्रमुख अनुराधा कोइरालासँग पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
वाम गठबन्धन गरेको भागवण्डा अनुसार एमालेबाट प्रदेश सभामुख निर्वाचित भएका श्रेष्ठले शनिबार नै शपथ ग्रहण गर्ने गरी समय तोकिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
संविधानअनुसार प्रदेशको सभामुख तथा मुख्यमन्त्रीले प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ।
शपथ ग्रहण लगत्तै श्रेष्ठले शनिबार पदबहाली गर्ने प्रदेशसभाको सचिवालयले जनाएको छ। शनिबार सभामुख चयनका लागि निर्धारण गरिएको समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।
सम्बन्धित समाचार