मेयरको आश्वासन पाएपछि कांग्रेस वडाध्यक्षको आन्दोलन फिर्ता

मेयरको आश्वासन पाएपछि कांग्रेस वडाध्यक्षको आन्दोलन फिर्ता
+
-

पोखरा – पोखरा महानगरपालिकाको बजेटप्रति असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले मेयरको आश्वासन पाएपछि आन्दोलन फिर्ता लिएका छन् ।

मेयर मानबहादुर जिसी र आन्दोलनरत कांग्रेस वडाध्यक्षबिच शुक्रबार भएको छलफलमा मेयर जिसीले मागको प्राथमिकता हेरेर योजना समेट्ने बताएपछि सहमति जुटेको बताइएको छ ।

‘अति आवश्यक भएको योजनालाई आगामि समेटेर लिएर जाने मेयरले असन्तुष्ट पक्षलाई भन्नुभयो’ छलफलमा सहभागी एकले भने, ‘गर्नै पर्ने काम छन् र छुटेको भए छलफलबाट टुंगो लगाएर समेट्ने कुरामा सहमति बन्यो ।’

रातो किताब सच्याउन गरेको मागप्रति भने मेयरले हुबहु सबै सच्याउन नसकिने बताएको सहभागीले जानकारी दिए ।

कांग्रेसका सचेतक समेत रहेका वडा ९ का अध्यक्ष रामराज लामिछानेले मेयर जिसीले छुटेका योजनलाई समेट्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिइएको जानकारी दिए ।

‘वार्तामा छुटेका योजना छन् भने छलफल गरेर ल्याउनुस् कहाँ के गर्न सकिन्छ म हेर्छु मेयरसापले भन्नुभयो’ वडाध्यक्ष लामिछानेले भने, ‘मेयरसापले प्रतिबद्धता जनाइसकेपछि माग पुरा हुन्छ भनेर आन्दोलन छाडेर वडाबाट छुटेका योजना ल्याउन भनिसकेका छौँ ।’

महानगरको पाँचौँ नगरसभाबाट गत बुधबार पारित आगामी आव २०७६/०७७ को बजेटमा कांग्रेस निकटका वडाध्यक्षसहित ४८ जनप्रतिनिधिले बिहीबार महानगर कार्यालयको मुलगेटमा ताला लगाई धर्नामा बसेका थिए ।

आफ्ना वडामा कम बजेट दिएको भन्दै कांग्रेस निकट जनप्रतिनिधि मेयर मानबहादुर जिसी विरुद्ध आन्दोलनमा जुटेका थिए ।

कांग्रेसका वडाध्यक्ष भएका वडामा बजेट बाँडफाँडमा मेयरले विभेद गरेको, नगरसभामा रातो किताबमाथि छलफलमा भाग लिन नदिएको आरोप आरोप उनीहरुको थियो । नगरसभामा मेयरकै सामुन्ने रातो किताब च्यात्ने र सभागृह हलका टेबुल, कुर्सी तोडफोडमा उत्रिएका थिए ।

शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत मेयर जिसीले आफूले योजना छनोट र बजेट बाँडफाँडमा कुनैपनि राजनीतिक रंग नदेखाएको दाबी गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?