कांग्रेसभित्रको चरम गुटबन्दी अन्त्य गर्न देउवालाई सुझाव

कांग्रेसभित्रको चरम गुटबन्दी अन्त्य गर्न देउवालाई सुझाव
+
-

नेपालगञ्ज– नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संगठन बलियो बनाउनतिर लाग्ने बाँकेका नेताहरुलाई निर्देशन दिएका छन्।

विभिन्न जिल्लाको कार्यक्रममा सहभागी भएर नेपालगञ्जमा बास बस्न आइपुगेका प्रधानमन्त्री देउवाले यहाँका नेताहरुसँग होटलमै भेटघाट गर्दै उक्त निर्देशन दिएका हुन्। ‘विगतका चुनावमा जेजस्तो भएपनि अब पार्टी संगठनलाई बलियो बनाएर अघि बढ्नुस्, देउवाले जिल्लामा रहेका नेताहरुलाई भनेका छन्।

पार्टी सभापति किरण कोइरालाले भने देउवालाई पार्टीभित्रको चरम गुटबन्दी हटाउन आग्रह गरेकी छन्। ‘चरम गुटबन्दीले गर्दा पार्टीमा लामो समयदेखि योगदान गरेकाहरु पाखा लाग्ने अवस्था आएको छ, गुटबन्दी हटाएर पार्टीलाई मजबुत गराउनु पर्‍यो भनेको छु,’ कोइरालाले भनिन्।

जिल्ला सभापति कोइराला गएका चुनावमा उम्मेदवारमात्रै होइन, समानुपातिकमा समेत अटाइनन्। तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाकी बुहारी किरणलाई गुटका कारण सिनियर हुँदाहुँदै पाखा लगाइएको एकथरीले देउवामाथि आरोप लगाउदै आएका छन्।

देउवाले आफ्ना खेमालाई मात्रै हेर्ने गरेको भन्दै यसअघि नेपालगञ्ज आउँदा यहाँका नेता तथा कार्यकर्ताले सार्वजनिक कार्यक्रममै आपत्ति जनाएका थिए।

देउवालाई विधायकहरु सुरेन्द्र हमाल, मो. याकुव अन्सारी, राष्ट्रिय सभामा पराजित मैकुलाल बाल्मिकी, निरन्जतसिंह सिजापतिलगायतले भेटेका छन्। विधायक हमालले पार्टी सभापति एवं प्रधानमन्त्री देउवासँग विगतका निर्वाचनको समीक्षा गरेको बताए। ‘विगतको निर्वाचनको समीक्षा भयो, पार्टी सभापतिले अब संगठनलाई बलियो बनाएर लैजान निर्देशन दिनुभयो,’ विधायक हमालले भने।

चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गरेर नेपालगञ्ज आइपुगेका प्रधानमन्त्री देउवा आइतबार बिहान जुम्ला जाने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?