रोनाल्डोको ह्याट्रिक, रियल मड्रिडको प्रभावशाली जित

रोनाल्डोको ह्याट्रिक, रियल मड्रिडको प्रभावशाली जित
+
-

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले शानदार जित दर्ता गरेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ ले हराएको हो ।

रियलका लागि रोनाल्डोको ह्याट्रिकसँगै लुकास वाज्क्वेज र टोनी क्रुसले एक एक गोल गरे । रियल सोडिसाडाडका लागि जोन बाटिस्टा र एसर इलारमेन्डीले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमा नै वाज्क्वेजको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लिएको थियो । यस्तै रोनाल्डोले २७ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता दोब्बर पारे ।

३४ औँ मिनेटमा क्रुस तथा ३७ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो । दोस्रो हाफमा रियल सोसिडाडले दुई गोल फर्कायो भने रियल मड्रिडले थप एक गोल गर्‍यो ।

७४ औँ मिनेटमा बाटिस्टाले सोसिडाडका लागि पहिलो गोल गरे । यस्तै रोनाल्डोले ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले यो सिजन ला लिगामा ११ गोल गरेका छन् । ८३ औँ मिनेटमा इलारमेन्डीले सोसिडाडका लागि गोल गरेपछि रियल मड्रिड ५–२ ले विजयी भयो ।

च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरिरहेका रोनाल्डोले घरेलु लिगमा पनि आफ्नो लय समातेको देखिएको छ । जितपछि रियल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ४२ अंक भएको छ ।

उ शीर्ष स्थानको बार्सिलोना भन्दा १६ अंकले पछि छ । यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १० अंकले पछि रहेको छ ।

शनिबार राति नै भएको खेलमा एन्टोनी ग्रिजम्यानले पहिलो मिनेटमा नै गरेको गोलको मद्दतमा एथ्लेटिको मड्रिडले मालागालाई १–० ले हरायो । उसको २३ खेलबाट ५२ अंक भएको छ । अरु खेलमा एलाभेसले भिल्लारियललाई २–१ तथा एइबरले लेगानेसलाई १–० ले हरायो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?