प्रतिपक्षी सांसदहरु नआएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

प्रतिपक्षी सांसदहरु नआएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
+
-

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि पेश भएको बजेटमा असहमति जनाउँदै विरोधमा रहेका प्रतिपक्षी सांसदहरुले विरोधको शैली परिवर्तन गरेका छन्। आइतबारको प्रदेश सभा बैठकमा प्रतिपक्षी सांसदहरु अनुपस्थित भएपछि बैठक नै स्थगित भएको छ।

शुक्रबारको बैठकमा नारावाजी गरेका प्रतिपक्षी सांसदहरु आइतबारको बैठकमा उपस्थित नै भएनन्। सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलका एक जना पनि सांसद बैठकमा उपस्थित नभएका कारण बैठकको कारबाही समाप्त भएको घोषणा गरे।

सभामुख थापाले प्रदेश सभाको अर्को बैठक असार १७ गतेका लागि तोकेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले असार ५ गते देखि नै प्रदेश सभाको बैठकमा अवरोध गर्दै आइरहेका छन्। प्रतिपक्षी सासदहरुले असार ५ गते सदन अवरुद्ध गर्दै रातो किताब जलाएपछि असार ८ गते र ११ गतेको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।

त्यसपछि असार १२ गते भएको बैठकमा उनीहरुले नारावाजी गरेर अवरोध पुर्‍याएका थिए। आइतबारको बैठकमा उनीहरु उपस्थित नै भएनन्। आफूहरुले विरोध शैली फेरेको नेपाली कांग्रेस संसदीय दलका सचेतक टेक बहादुर रैकाले बताए।

बजेटमा व्यापक संशोधनको माग गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुसँग सरकारले छलफल जारी राखेको छ। आइतबार बिहान पनि मुख्यमन्त्री त्रिचोलन भट्टको संयोजनमा सरकारका मन्त्रीहरुले प्रतिपक्षी सासंदहरुसँग छलफल गरेका थिए। दुबै दलका नेताहरुबीच छलफल भएपछि थप छलफल गरी निष्कर्षमा पुगेपछि सदन सञ्चालन गर्ने अनौपचारिक सहमति भएको बुझिएको छ।

सत्तापक्षका प्रममुख सचेतक तारा लामा तामाङले पार्टीको संसदीय दलले सरकारलाई प्रतिपक्षीहरुसँग छलफल गर्न सुझाव दिएको र सो अनुसार छलफल भइरहेको जानकारी पनि आइएरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?