
पोखरा-मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्।
सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालयमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ।
‘केन्द्रबाट अन्य कोही नेता नआए मुख्यमन्त्रीले नै उहाँलाई पार्टी प्रवेश गराउनु हुनेछ। माथि सम्पर्क गर्दै छौं,’ केन्द्रीय सदस्य कार्कीले भने।
सांसद गुरुङले देश सञ्चारलाई छोटो प्रतिक्रिया दिँदै आफू नेकपा प्रवेश गर्न लागेको जानकारी दिए।
उनले भने, –‘भोली कार्यक्रम छ, हो म प्रवेश गर्दै छु। अरु भोली नै थाहा पाइहाल्नुहुन्छ।’
उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए।
हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन्।