विद्यालयकाे पर्खाल निर्माणका क्रममा सकेट बम भेटिए

विद्यालयकाे पर्खाल निर्माणका क्रममा सकेट बम भेटिए
+
-

सिमकोट– हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्लामा बागेश्वरी आधारभूत विद्यालयको पर्खाल निर्माण गर्ने क्रममा दुई वटा सकेट बम भेटिएका छन्। पर्खालका लागि जग खन्ने क्रममा ढुंगा निकाल्दा खिया लागेका सकेट बम भेटिएका हुन्।

सशस्त्र द्वन्दकै बेला राखिएकाे आशंका गरिएको सकेट बम खिया लागेको अवस्थामा कामदारले जमिन मुनि भेटाएका हुन्। नजिकको प्रहरी चौकी ग्याग्रुलाई खबर गरिएपछि प्रहरी बम भेटिएको स्थानमा पुगेर सुरक्षा दिईरहेको प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए।

बम भेटिएपछि स्थानीय बासिन्दा र कामदार त्रसित भएको भएपनि प्रहरी घटना स्थलमा पुगेर बम भेटिएको क्षेत्र नियन्त्रणमा लिएपछि स्थिती सामान्य भएको उनले बताए।

विद्यालयमा भेटिएका सकेट बम डिस्फोजल नभएसम्म प्रहरी उतै बस्ने र नयाँ भैरवी दल गुल्म रानीवनलाई खबर गरिएकोले सेनाको बम डिस्पोजल गर्ने टोली घटना स्थलतर्फ जाने तयारी गरेको छ।

घटनास्थल सदरमुकाम सिमकोटबाट चार घण्टाको पैदल दूरीमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?