राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र सञ्‍चालनमा

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र सञ्‍चालनमा
+
-

काठमाडौं-राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र बुधबारबाट सञ्‍चालनमा आएको छ।

बुधबार सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रमका बीच अनुगमन केन्द्रको उद्घाटन गरे।

पहिलो चरणमा नेपाल भित्र चलिरहेका डट कम र डट एनपी का साथै डट जिओभि डट एनपी भित्रका सबै डोमेन र वेबसाइट अनुगमन गर्ने गरि यो केन्द्र संचालनमा आएको बताइएको छ।

यो केन्द्रले नेपाल भित्र संचालनमा रहेका वेबसाइटहरुको बिस्तृत अनुगमन गर्ने सह सचिव बिरेन्द्र कुमार मिश्रले जानकारी दिए। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको यो अनुगमन केन्द्रले नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र के काम गरिरहेको छ भन्ने जानकारी दिने गर्दछ।

साथै इन्टरनेट प्रोटोकल पछ्याउदै गरिने यस्तो अनुगमनले साइबर सुरक्षा सम्बन्धी चुनौती र आक्रमणको सूचना पनि दिने छ।

उद्घाटन कार्यक्रममा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आगामी दिनमा नेपाल भित्र छिर्ने सबै प्रकारका इन्टरनेट प्रोटोकल र वेबसाइट तथा नेपालका सरकारी वेब साइटको विश्वभरि खोलिने जानकारी प्राप्त गर्नेगरी अनुगमन गर्ने प्रविधि राख्‍ने पनि जानकारी दिए।

यो अनुगमन केन्द्रको स्थापनापछि नेपालको साइबर सुरक्षा प्रविधिमा नयाँ प्रविधिको प्रवेश भएको मानिएको छ। यसले सरकारी वेबसाइट अनुगमन र ह्याकिंग हुनबाट जोगाउन सहयोग पुग्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?