
काठमाडौं-विश्व चर्चित सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स एप तथा इन्स्टाग्राममा समस्या देखिएको छ।
यी तीनै सामाजिक सञ्जालमा समस्या देखिएपछि विश्वभरका मानिसहरु ट्विटरमा आफ्नो गुनासो पोखिरहेका छन्।
डाउन डिरेक्टर वेबसाइटका अनुसार पछिल्लो आधाघण्टादेखि फेसबुक म्यासेन्जरमा फोटो हेर्न, ह्वाट्स एप प्रयोग गर्न र इन्स्टाग्राममा भिडियो अपलोड गर्न समस्या देखिएको छ।
फेसबुकले आफ्नो आधिकारिक ट्विटरमा लखेको छ, “केही प्रयोगकर्ताहरुले फोटो, भिडियो तथा अन्य फाइलहरु पठाउँदा हाम्रो एपमा समस्या देखाएको भन्दै गरेको गुनासोप्रति सचेत छौं।उक्त समस्याप्रति माफी चाहन्छौं । साथै जतिसक्दो चाडैं समस्या समाधान गर्ने प्रयासमा जुटेका छौ।”
We’re aware that some people are having trouble uploading or sending images, videos and other files on our apps. We’re sorry for the trouble and are working to get things back to normal as quickly as possible. #facebookdown
— Facebook (@facebook) July 3, 2019
यस्तै दक्षिण एसियाका देशहरु भारत, श्रीलंका र नेपाल लगायतमा समेत यो समस्या देखा परेको छ भने इन्डोनेसिया, मलेसियामा समेत फेसबुकमा समस्या देखिएको छ।
कसैको फेसबुक लग इन भइरहेको छैन भने कसैको म्यासेन्जर चलिरहेको छैन। त्यति मात्रै नभइ कसैको फेसबुकमा न्यूज फिड लोड नभइरहेको डाउनको रिपोर्टले जनाएको छ।
यसअघि फेसकुब मार्च, अप्रिल र जुलाईमा गरी सन् २०१९ भित्रै तीन पटक प्राविधिक समस्या आएको हो। त्यो बेला पनि फेसबुकका प्रयोगकर्ताहरुले पूर्ण रुपमा प्रयोग गर्न सकेका थिएनन्।