
काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउँदा बहुमूल्य गरगहना नलगाउन आग्रह गरेको छ। मंगलबार शिवरात्रिका दिन दर्शन गर्न हजारौं व्यक्ति आउँदा धेरै भीडभाड हुँदा चोरीडकैती हुने भएकाले सकेसम्म बहुमूल्य गहना नलगाउन विकास कोषले आग्रह गरेको हो।
विकास कोषले आइतबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै महत्वपूर्ण र अमूल्य अरु सामानसमेत साथमा नबोक्न सुझाव दिएको छ।
पशुपति क्षेत्रमा प्लाष्टिकका झोला, कप, प्लेट जस्ता सामग्री निधेष गरिएको छ। त्यस्तै विकास कोषले दर्शन गरेपछि भीड हुने गरी नबस्न र तुरुन्त बाहिर निस्कनसमेत सर्वसाधरणलाई अपिल गरेको छ। त्यस दिन शान्ति सुरक्षा, अस्थायी स्वाथ्य शिविर, खानेपानीको व्यवस्था मिलाइएको जानकारीसमेत कोषले दिएको छ।
शिवरात्रिका दिन पशुपतिको दर्शनका लागि चारवटै ढोकाबाट प्रवेश गराइने विकास कोषले जनाएको छ। दर्शनका लागि कहाँ कहाँबाट लाइन बस्ने ? यस्तो छ लाइनको रुट।