छाडा चौपाया व्यवस्थापन गर्न धनगढीमा उपमहानगरको महायज्ञ योजना

छाडा चौपाया व्यवस्थापन गर्न धनगढीमा उपमहानगरको महायज्ञ योजना
+
-

कैलाली- धनगढी उपमहानगरपालिकामा रहेका छाडा चौपाया व्यवस्थापनका लागि महायज्ञ लगाईने भएको छ।

आगामी बैशाखमा हुने महायज्ञको तयारीका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

महायज्ञका माध्यमबाट चौपायालाई छाडा नछोड्न सचेतना फेलाउनुका साथै व्यवस्थापनका लागि अर्थ संकलन गरिने मेयर नृप ओडले जानकारी दिए।

छाडा चौपायाले लगाईएका अन्नवाली खाईदिने गरेका कारण अहिले यस क्षेत्रका किसान सबैभन्दा बढी मारमा परेका छन्। सयौ हुल चौपायाहरु खेतमा पसेर बालीनालीको सत्यानास गर्ने गरेका कारण किसानहरु चौपाया लखेट्न रातभरी जाग्राम बस्ने गरेका छन्।

यसका साथै बजारमा पनि चौपाया भित्रिएपछि सवारी दुर्घटना बढ्नुका साथै फोहर बढेर दुर्गन्ध फैलिएको छ। यस अघि नै यि सबै समस्याको समाधान गर्न भन्दै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ मा गौशाला संचालनमा ल्याएको छ। तर गौशालामा सबै चौपायाको सहज व्यवस्थापन गर्न कठिन भएपछि महायज्ञ लगाउने सोच बनाएको मेयर नृप ओडले बताए।

‘दुहुनो हुदा सम्म दुध चुस्ने त्यसपछि बजारमा ल्याएर छोड्ने गलत संस्कारका कारण छाडा चौपायाको ठुलो समस्या निम्तीएको छ, हामी महायज्ञ लगाएर सन्त महन्तहरु मार्फत गौमाता भनेर पुजीने गाईलाई त्यस्तो नगर्न आग्रह गर्नेछौ।’ मेयर ओडले भने।

महायज्ञ मार्फत गाईको महत्व दर्शाएर छाडा नछोड्न भन्दै सर्बसाधारणमा सचेतना फैलाईने र व्यवस्थापनका लागि अर्थ पनि संकलन गर्ने उदेश्यले महायज्ञ लगाउने तयारी भएको हो।

चौपायालाई छाडा छोड्न नदिन पशुहरुलाई ट्याग लगाउने, तराईमा रहेका दुद्यालु गाईलाई उन्नत बनाएर पहाड लैजाने लगायतका योजनाहरु अलपत्र परेका बेला अब महायज्ञ लगाएर छाडा चौपायाको व्यवस्थापन हुने कुरामा भने जनताले विस्वास गरिहालेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?