लिभरपुल तेस्रो स्थानमा फर्कियो, फिरमिनो र सालहको गोल

लिभरपुल तेस्रो स्थानमा फर्कियो, फिरमिनो र सालहको गोल
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हराएको हो ।

लिभरपुललाई जिताउन रोबर्टो फिरमिनो र मोहम्मद सालहले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो । छैटौँ मिनेटमा फिरमिनोले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

४२ औँ मिनेटमा सालहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता लियो । सालहले लिभरपुलबाट यो सिजन ३६ खेलमा २९ गोल गरिसकेका छन् । उनले यो सिजन अवे मैदानमा ११ गोल गरिसकेका छन् ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र लिभरपुल २–० ले नै विजयी भयो । जितपछि लिभरपुल तेस्रो स्थानमा फर्किएको छ । उसको २७ खेलबाट ५४ अंक भएको छ ।

चौथो स्थानमा झरेको टोटनह्यामको ५२ अंक भएको छ । रेलिगेशन जोनमा झरेको साउथह्याम्पटनको २७ खेलबाट २६ अंक रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?