
रासस
माघ २९, २०७४
अ
+
अ
अ
-
लहान – कटुवा पेस्तोलसहित प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–११ का काशीन्द्र यादवलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट खटिएको गस्ती टोलीले एयटा कटुवा पेस्तोलसहित २७ वर्षीय यादवलाई आइतबार बेलुका पक्राउ गरेको हो ।
प्रहरी टोलीलाई देखेर जंगलतिर भागेकाले शंका लागेर तलासी गर्दा यादव भन्दा केहीपर एउटा कटुवा पेस्तोल फेला परेकाले यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

