
काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसकेन्द्रित दलले सोमबार प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका सदस्यको टुंगो लगाउँदै छन्।
सदस्यको अन्तिम सूचि सोमबारनै निर्वाचन आयोगलाई बुझाउनु पर्ने बाध्यता छ ।
त्यसका लागि सबै दलहरु छुट्टाछुटै छलफलमा जुटेका छन्। आयोगले सूचिको टुंगो लगाउन दलहरुलाई सोमबारसम्मको समय दिएको हो ।सूचि संवैधानिक व्यवस्था अनुसार समावेशी सिद्धान्तमा आधारित नभए आयोगले पुन: सच्च्याउने समय दिनेछ।
सूचिको टुंगो लगाउन कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सामानुपातिकतर्फ ४० सिट पाएको उसले २० जना महिला प्रतिनिधिसभामा पठाउनु पर्नेछ।
१७ सिट पाएको माओवादीले त्यसको टुंगो लगाउन बैठक बोलाएको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६–६ सिट पाएका छन् । राष्ट्रिय जनता पार्टीले सूचिको टुंगो लगाउन बैठक डाकेको छ।