नाटक मञ्‍चन गर्न जर्मनी पुगेका चार पोखरेली कलाकार उतै लुके

नाटक मञ्‍चन गर्न जर्मनी पुगेका चार पोखरेली कलाकार उतै लुके
+
-

पोखरा-युथ क्रियसन थिएयटर पोखराका ४ जना कलाकार जर्मनीमा लुकेका छन्। ‘घेरो’ नाटक लिएर असार १८ गते जर्मनी पुगेका उनीहरु नाटक मञ्चन सकिनासाथ सम्पर्कबिहीन भएको बताइएको छ।

लुक्नेमा नाटकका कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल छन्। जर्मनी सरकार मातहत प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको लोकसंगीत महोत्सवमा उनीहरु सहभागी हुन त्यसतर्फ लागेका थिए।

महोत्सव जुलाई ५ र ६ मा सम्पन्न भएको थियो। उनीहरुलाई जर्मनी सरकारले त्यस कार्यक्रमका लागि एक हप्ताको मात्रै भिसा अनुमति दिएको थियो।

टोलीमा १२ जना कलाकार र व्यवस्थापक सहित जर्मनी पुगेपछि नेपाल फर्कदा ८ जनामात्रै भएपछि पोखरामा एकाएक चर्चा चुलिएको छ।युथ क्रियसन थिएयटरले मानव तस्कर गरेको आरोप समेत फेसबुकमा लगाइएको छ । ८ जना असार २३ गते नेपाल फर्किएका हुन्।

कलाकार लुकेकोबारे थिएटरका सचिव सौगात पोखरेलले फेसबुकमार्फत आधिकारिक धारणा सार्वजनिक गरेका छन्। ‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन्,’ थियटरका सचिव सौगात पोखरेलले फेसबुकमा पोखराका एक कलाकारले यसै विषयमा लेखेको स्टाटसमा कमेन्ट मार्फत भनेका छन्, ‘उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं।’

फरार भएका भनिएका एक कलाकार मधुसूदन पौडेलले आफू राजीखुसीले जर्मनी आएको र हाल पोर्चुगल रहेको फेसबुक मार्फत जानकारी दिएका छन् ।

‘म अहिले पोर्चुगलमा छु। मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन। आफ्नै राजीखुसीले आएको हुँ।’

फरार भएकी मध्ये सम्झना शर्मा नाटक लेखक केदार पौडेलकी पत्नी हुन्। उनी कलाकार नभए पनि व्यवस्थापन पक्षले लेखकै पत्नी भएका कारण टोलीमा समावेश गरेको थियो।

युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले नाटकको निर्देशन गरेका हुन्। गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा समेत उक्त नाटक मञ्चन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?