
म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एलेक्स सान्चेजले आफूले लियोनल मेस्सीलाई रुँदै गरेको देखेको बताएका छ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पेनाल्टीमा गोल गर्न चुकेपछि मेस्सी रोएको सान्चेजले बताएका छन्।
गएको जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेड आएका सान्चेजले स्काई स्पोटर्ससँगको अन्तर्वार्ताको क्रममा सन् २०१२ मा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा चेल्सीसँगको खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि रोएको देखेको बताएका हुन् ।
खेलमा बार्सिलोना पराजित भएको थियो । त्यसबेला सान्चेज पनि बार्सिलोनामै थिए । सन् २०१२ को च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना चेल्सीसँग समग्रमा ३–२ ले हारेको थियो ।
सान्चेजले यो खेलमा बार्सिलोनाबाट खेलेका थिए । टिमका स्टार खेलाडी मेस्सी आँसुमा डुबेको देख्दा आफूलाई निकै गाह्रो भएको सान्चेजले बताएका छन् ।