
काठमाडौं – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्रीमा नियुक्त भएका पौडेललाई प्रदेशको अस्थायी राजधानी हेटौंडामा सोमबार शपथ गराएकी हुन् ।
उनी अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै एमाले प्रदेश ३ को संसदीय दलको नेता बनेका थिए । त्यसपछि आइतबारको प्रदेशसभा बैठकले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।