एमाले-माओवादी मिल्नुको विकल्प छैन: महरा

एमाले-माओवादी मिल्नुको विकल्प छैन: महरा
+
-

दाङ– नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन कि भन्ने आशंकाहरु क्रमश: हट्दै गएको भन्दै दुई पार्टी मिल्नुको विकल्प नरहेको बताएका छन्।

उनले प्रदेश र प्रतिनिधि सभाको चुनावको म्यान्डेट पनि पार्टी एकता भएको उल्लेख गर्दै छिट्टै पार्टी एकता हुने बताएका हुन्।

दाङस्थित दोस्रो जखेरा पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पार्टी एकता गर्नैपर्ने बताए। ‘आज दुई पार्टीका अध्यक्षहरुबीच दुई घण्टा पार्टी एकताकै विषयमा ज्यादै महत्वपूर्ण छलफल भएको छ, छलफल निकै सकारात्मक भएको मैले थाहा पाएको छु,’ उनले भने, ‘पार्टी एकता हुँदैन कि भन्ने आशंका क्रमश: हट्दै गएका छन्, मिल्नुको विकल्प छैन।’

साथै उनले अब बन्ने वाम गठवन्धनको सरकारले नयाँ अवधारणा अघि सार्ने पनि बताए।

उनले दाङको जखेरा ताललाई त्यस अवधारणाभित्र समेट्ने वचन पनि दिए। उक्त अवसरमा प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्रदेश सरकारको तर्फबाट पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्ने बताए।

अर्का प्रदेशसभा सदस्य इन्द्रजित थारुले विकास र समृद्धिको आधार पर्यटन क्षेत्र भएको भन्दै पाँच नम्बर प्रदेशको पर्यटन गन्तव्य जखेरा ताललाई बनाउने विश्वास दिलाएका छन्। जखेरा शिवालय तथा धार्मिक प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा स्थानीय थारु संस्कृति झल्कने झुमरा नाच प्रस्तुत गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?