
हेटौँडा- प्रदेश ३ को मुख्यमन्त्रीको शपथ लिएसँगै मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापित र शालिकराम जम्मरकट्टेललाई मन्त्री नियुक्त गरेका छन्।
प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई शपथ ग्रहण गराए लगत्तै माओवादी केन्द्रका जम्मरकट्टेल र एमालेबाट केशव स्थापितले पनि मन्त्रीको शपथ लिएका हुन्।
जम्मरकट्टेल प्रदेशको गृह मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्री र स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन्। प्रदेशमा सातवटा मन्त्रालय रहने भएको बाँकी पाँच मन्त्रालय दुई दलबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको छ।