बुढो बनाउने ‘फेसएप’ एकदिनमै १० करोड डाउनलोड

बुढो बनाउने ‘फेसएप’ एकदिनमै १० करोड डाउनलोड
+
-

मानिस जन्मजात नै जिज्ञासु प्राणी हो। उसलाई आफ्नो उमेर, अनुहारको रङ देखिने आकारको बारेमा ६० वर्षपछि कस्तो देखिन्छौ भन्दा सम्भव होला त बताउन? तर, सूचना प्रविधिको विकास र विस्तारसँगै मानिसको बुढ्यौलीपनको अनुभूति दिलाउने तस्बिर निकालिदिने एप्लिकेशन फेसएप ले संसारभर तरङ्ग ल्याइदिएको छ।

फेस एप नामक उक्त एप्लिकेशन सार्वजनिक भएको केही घण्टामै मानिसहरुले आफ्नो बुढ्यौलीपनको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। उनीहरुले आफ्नो तस्बिरलाई फेसबुक, ट्विटर लगायतमा राखेर खुसी बाँडिरहेका छन्।

आर्टिफिसियल इन्टेलिजेन्टस् (एआइ) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्‍ने एप वाइरलेस ल्याब नामक रसियन कम्पनीले ल्‍याएको हो। यसका संस्थापक रसियन नागरिक यारोसलाभ गोन्चारोच हुन्।

यो कम्पनीले चार प्रकारको फिचर्स ल्याएको छ। पहिलो ब्‍यूटिफूल स्माइल, दोस्रो युवा अवस्था वा बुढ्यौलीपन, तेस्रो जेन्डर स्वाप्स र चौथो इम्प्रुभ योर सेल्फी विद कुल स्टाइल फिल्टर्स।

यसका साथै यो एपलाई तीन तरिकाले प्रयोगमा ल्‍याउन सकिने गरी बनाइएको छ। यो कम्पनी स्थापना भएको दुइ वर्ष भइसक्यो तर उसले भर्खरै एउटा नयाँ फिल्टरमार्फत उमेरलाई अद्यावधिक गरेको छ जसले विश्‍वभर प्रविधिलाई नयाँ उचाइमा पुर्‍याइदिएको छ।

फेस एपमार्फत संसारभरका मानिसहरु आफू बुढो हुँदाको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। खासगरी विश्‍वभरका कलाकारहरु, खेलाडीहरुले यसलाइ डाउनलोड गरेर आफ्नो कपालको रङ, अनुहारको छाला लगायत विषयमा चासो देखाउँदै सामाजिक सञ्जालमा तस्बिरहरु राखिरहेका छन्।

हालै निक जोनस दाजुभाइले बुढो हुँदा कस्तो देखिन्छ भनेर बुढ्यौलीपनको तस्बिर ट्विटरमा राखेका छन्। यस्तै क्रिकेटर विराट कोहलीले पनि आफ्नो बुढ्यौलीपनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

यस्तै कलाकार अर्जुन कपुरले पनि आफ्नो बुढ्यौलीपनको तस्बिर इस्टाग्रामममा राखेका छन्। उनले उक्त तस्बिर राख्दै भनेका छन्, ‘बुढोपनमा म यस्तो देखिनेछु।’

 

 

View this post on Instagram

 

Old age hit me like .. 👀

A post shared by Arjun Kapoor (@arjunkapoor) on

यस्तै मानिसहरुले बलिउड कलाकारहरुको तस्बिर उक्त एपमा हाल्दै उनीहरुको बुढ्यौलीपनलाई अन्दाज लगाइरहेका छन्।

३.४.८ अपडेट एन्ड्रोइड भर्सनको यो एप एक दिनमै १० करोडभन्दा बढी पटक डाउनलोड भएको छ। यो एप १४ फेब्रुअरी सन् २०१७ मा पहिलोपटक सार्वजनिक भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?