बुढो देखाउने फेसएप प्रयोग गर्नेहरु यसकारण रहनुहोस् सावधान!

बुढो देखाउने फेसएप प्रयोग गर्नेहरु यसकारण रहनुहोस् सावधान!
+
-

संसारभरी फेसएपको धूम मच्चिएको छ । यो एपबाट आफ्नो बुढेशकालको सम्भावित तस्बिर मानिसहरु हेरिरहेका छन् । सामाजिक सञ्जालमा फेसएपको तस्बिर अन्धाधुन्द पोष्ट भइरहेका छन् ।

यो एपले कुनै पनि व्यक्तिको तस्बिर कृतिम तरिकाले बदलेर बुढो देखाउने गरेको छ। तर हामीलाई आफ्नो बुढेशकालको तस्बिरले जति रोमान्चित पारिरहेको छ एपले खतरा निम्त्याउने भन्दै चिन्ता पनि व्यक्त गरिएको छ ।

यह रूसी ऐप हो । जब हामी एपमा तस्बिर बदल्नका लागि पठाउँछौँ यो फेसएप सर्वरसम्म जान्छ र फेसएप यूजर्सको तस्बिर छानेर अपलोड गर्छ । यसमा परिवर्तन कृतिम इन्टेलिजेन्समार्फत गरिन्छ । यसमा सर्वरको प्रयोग हुन्छ र एपमार्फत नै तस्बिर खिच्नुपर्छ ।

तर यो एपलाई हामीले मात्र एक तस्बिर दिइरहेका छैनौँ कि अरु धेरै कुरा पनि दिइरहेका छौँ । तस्बिरको निजी प्रयोग भइरहेको जस्तो लागे पनि यसको सार्वजनिक प्रयोग पनि हुन सक्ने सम्भावना छ । यो एपले मोबाइलमार्फत अनेकन सूचना हासिल गर्न सक्छ र पछि त्यसलाई विज्ञापनमा प्रयोग गर्न सकिन्छ ।

यसलाई मार्केटिङको हतियारका रुपमा पनि हेर्न थालिएको छ । कतिपय मानिसहरु यो कुराको चिन्ता गरिरहेका छन् कि यो एप मोबाइलमा रहेका सबै तस्बिरसम्म पुग्न सक्छ । धेरैले यो पनि दाबी गरेका छन् कि ऐप खोले लगत्तै इन्टरनेटमा सबै तस्बिर अपलोड हुन थाले ।

फेसपएलाई लिएर अमेरिकी सीनेटमा पनि चिन्ता व्यक्त गरिएको छ । सीनेटमा अल्पसंख्यक नेता चक शुमर ले फेसएपको जाँचको माग गरेका छन् । ट्विटरमा पोस्ट गरिएको पत्रमा शुमरले लेखेका छन्, ‘यो अति चिन्ताजनक विषय हो । अमेरिकी नागरिकको निजी डाटा विदेशी शक्ति हासिल गरिरहेका छन् । ’

तर यो चिन्ता फेसएपले ठाडै अस्वीकार गरेको छ । यो एप सेन्ट पीटर्सबर्ग स्थित कम्पनी वायरलेस लैबको हो । यो कम्पनीको दाबी छ कि मानिसहरुको तस्बिर स्थायी रूपमा स्टोर गरिँदैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?