कञ्चनपुरको जंगलमा विप्लवको तालिम केन्द्र, मृतक सिंह लडाकू प्रशिक्षक भएको पुष्टि

कञ्चनपुरको जंगलमा विप्लवको तालिम केन्द्र, मृतक सिंह लडाकू प्रशिक्षक भएको पुष्टि
+
-

काठमाडौँ – जंगलमा रहेको तालिम केन्द्रमा बम लैजाने क्रममा बिहीबार बेलुका कैलालीको धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिकै बम विस्फोट भएको पाइएको छ ।

घटनामा परी बिहीबार राति मृत्यु भएका विप्लवका कार्यकर्ता रामबहादुर सिंहले तालिम दिनका लागि बम बोकेर जाँदा बाटोमै विस्फोट भएको हो । विप्लवका एक नेताले देश सञ्चारलाई दिएको जानकारीअनुसार सिंह विप्लव जनसेनाका प्रशिक्षक हुन् ।

उनले कैलाली र कञ्चनपुर जिल्लाको बीचमा पर्ने पुर्नवास नजिकैकाे  जंगलमा तीन दिनदेखि सैन्य तालिम दिँदै आएका थिए । प्रशिक्षकका लागि तालिम केन्द्रमा बम लैजाने क्रममा विस्फोट भएको ती नेताले जनाए ।

‘जंगलमा सुदूरपश्चिम प्रदेशका डेढ सय युवालाई तालिम दिइँदै आएको छ’ ती नेताले देश सञ्चारलाई बताए । उनको पारिवारिक स्रोतले समेत सिंह डेढ वर्षदेखि विप्लव समूहमा निक्कै सक्रिय रहँदै आएको जानकारी दियो ।

उनी डेढ वर्षअघि उक्त समूहले काठमाडौँमा गरेको जनसभाबाट पार्टीमा प्रवेश गरेका थिए । सिंहको पारिवारिक स्रोतले भन्यो, ‘उनी विप्लव समूहमा तालिम दिने, बम बनाउने कार्यमा संलग्न रहँदै आएका थिए ।’

विप्लव समूहले घटनाको जिम्मेवारी लिदै विस्फोटमा आफ्ना कार्यकर्ता रामहादुर सिंह ‘राजेश’ काे मृत्यु भएको पुष्टि गरेको छ । पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टी कामको सिलसिलामा ‘आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको’ विज्ञप्तिमा उल्लेख छ ।

घटनामा परी घाइते भएका लक्ष्मण सेरेला पनि विप्लवका कार्यकर्ता भएको पुष्टि भएको छ । उनी तत्कालीन माओवादी लडाकु समायोजन हुने बेला पाँच लाख रुपैयाँ लिएर बहिरगमन भएका थिए ।

कैलालीको माया मेट्रो अस्पतालमा उपचार गराइ रहेका सेरेला त्यसयता विप्लव समूहमा सक्रिय थिए ।

अस्पतालमा भेटिएकी उनीकी श्रीमती विमला सेरेलाले देश सञ्चारसँग भनिन्, ‘उहाँ एक हप्ताअघि काठमाडौँमा दाइलाई भेट्न जान्छु भनेर घरबाट निस्कनु भएको थियो। हिजो बिहान नेपालगञ्ज आइपुगें भनेर फोन गर्दै पर्सीसम्म घर आइपुग्छु भन्नुभएको। तर यस्तो घटनामा भयो।’

उनले श्रीमान् कुनै पार्टीमा आवद्ध भए नभएको बारे आफूलाई जानकारी नभएको बताइन्।

प्रहरीले घटनामा विप्लवको संलग्नता रहेको आशंका गरे पनि अनुसन्धान जारी रहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

विप्लव समूहले लियो धनगढी विष्फोटको जिम्मा

विप्लव समूहले लियो धनगढी विष्फोटको जिम्मा

झोलामा बम बोकेर खाजा खान होटलमा, विष्फोट हुँदा गयो ज्यान

झोलामा बम बोकेर खाजा खान होटलमा, विष्फोट हुँदा गयो ज्यान

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बिस्फोट, ५ जना घाईते

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बिस्फोट, ५ जना घाईते

साउन ७ देखि सरकारी गाडी गुड्न दिँदैनौँ: विप्लव

साउन ७ देखि सरकारी गाडी गुड्न दिँदैनौँ: विप्लव

धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु

धनगढी विष्फोटमा घाइते विप्लव माओवादीका लडाकूको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?