हिमाल पारीको गाउँमा पहिलो पटक खानेपानीका धारा

हिमाल पारीको गाउँमा पहिलो पटक खानेपानीका धारा
+
-

सिमकोट – नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमीका तीन वटै बस्तीमा पहिलो पटक खानेपानीका धाराबाट पानी खसेको छ ।

यस अघि खोलाको पानी प्रयोग गर्दै आएका लिमी बासीका तीन वटै गाउँमा एक एक वटा योजना निर्माण भएर संचालनमा आएपछि लिमीबासी आधारभुत खोपानीको पहुँचमा पुगेका हुन् ।

तीन वटै गाउँका बासिन्दाहरु पहिले खोलाको पानी प्रयोग गर्न बाध्य भएको भए पनि अहिले भने घरआगन मै खानेपानीका धारा निर्माण भएर पानी झर्न थालेपछि खुसी भएका छन् ।

लिमीको रैथानेहरुले जीवनमै पहिलो पटक यसरी धाराबाट आएको स्वच्छ पानी प्रयोग गर्न पाएका हुन् । पानी धारामा झर्दा स्थानीयले खुसीयाली समेत मनाएका थिए ।

चार देखि पाँच घण्टा दूरीको फरकमा रहेका लिमीका तील, हल्जी र जाङ्ग गाउँमा खानेपानी योजनाहरु एक साथ निर्माण भएर संचालनमा आएका हुन् ।

गाउँपालिकाको मिलान कोष र ग्रामीण जलश्रोत ब्यबस्थापन परियोजनाको लगानीमा लिमीका तीन गाउँमा खानेपानी योजना सम्पन्न भएर संचालनमा आएको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताए ।

यसलाई गाउँपालिकाले महत्वपूर्ण उपलब्धीका रुपमा लिएको समेत उनको भनाई छ । यस अघि नागरिकता र सिमा पास मात्र राज्यबाट सुबिधा पाउने लिमीका बासिन्दाहरुलाई यसले राज्यका सेवा र सुबिधाहरुको पहुँचमा समेत बृद्धि गर्दै लगेको मान्न सकिन्छ ।

चाङजुमा खानेपानी हल्जी, छिसेरी खानेपानी जाङ्ग र गुन्छु खानेपानी योजना तील गरि तीन वडा योजनाहरु स्थानीय उपभोक्ताहरु मार्फत निर्माण गरि संचालनमा आएको परियोजनाका जिल्ला सल्लाहकार बिरेन्द्र थापाले बताए ।

अब यी योजनाबाट तीन गाउँका १४६ घरधुरीका सात सय सात जनसंख्या प्रत्यक्ष रुपमा लावान्भित हुनेछन् । तीन वटै योजनाका लागि एक एक इन्टेक, पानी संकलन ट्याङ्की र बीस वटा धारा निर्माण गरिएको छ ।

योजनामा एक परिवारको एक जना सदस्यलाई प्रति दिन ६५ लिटर खानेपानी उपलब्ध हुने र २० बर्षसम्म टिक्ने गरि योजनाको डिजाईन तथा निर्माण गरिएको सल्लाहकार थापाले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?