जिपीएस सिष्टममा भेइकल ट्राकिङ सफ्टवेयर सार्वजनिक, फाइदा के ?

जिपीएस सिष्टममा भेइकल ट्राकिङ सफ्टवेयर सार्वजनिक, फाइदा के ?
+
-

काठमाडौँ-शास्त्र क्रिएसन प्रालिले नेपालमा नै पहिलो पटक विकास गरेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ सार्वजनिक गरेको छ।

दुई वर्षको रिसर्च र डेभलपमेन्ट पश्चात् सफ्टवेयर बजारमा ल्याइएको हो। यो सफ्टवेयर नेपालमा विकास भएको पहिलो फ्लिट म्यानेज्मेन्ट सफ्टवेयर बताइएको छ।

अब तपाईंको गाडीको जानकारी तपाईकै हातमा भन्‍ने स्लोगनसहित सुरु गरिएको यो सफ्टवेयर विकास भएको छोटो समयमा नै पाँच सयभन्दा बढी गाडीहरुमा प्रयोग भइसकेको छ।

पछिल्लो समय नेपाल सरकारले नै सम्पूर्ण सार्वजनिक यातायात र भन्सारको गाडीहरुमा समेत जिपिएस ट्राकिङ सिस्टम प्रयोग गर्ने सार्वजनिक गरेको हुँदा यो सफ्टवेयरको आवश्यक्ता अझ बढेको कम्पनीको भनाइ छ।

अहिले केही विदेशी दूतावास, आइएनजिओ, बस सेवा तथा विभिन्‍न इ-कर्मश कम्पनीहरुमा यसको प्रयोग भइरहेको छ। नेपालमा सबैभन्दा बढी गाडी बिक्री गर्ने सिप्रद्धी ट्रेडिङ समेत यो सफ्टवेयरको प्रयोगकर्ता हुने भएको छ। सिप्रद्धीको टेक्निकल पार्टनरको रुपमा यस कम्पनीले काम सुरु गरेको छ।

यस सफ्टवेयर तथा सोलुसन्सले भेइकल ट्राकिङ, फ्युल म्यानेजमेन्ट लगायतको समाधान दिनेछ। यस सफ्टवेयरले गाडीहरुको रियल टाइम ट्राकिङ, रिमाइन्डर हिस्ट्री, अलर्ट तथा रिपोर्ट, दैनिक खर्च व्यवस्थापन, रुट म्यानेज्मेन्ट लगायतका सुविधाहरु दिनेछ।

यसैगरी तेल तथा तापक्रम सेन्सर, डेलिभरी तथा अर्डर म्यानेज्मेन्ट समेत यस सफ्टवेयरबाट गर्न सकिन्छ। यसको लागि हार्डवेयर डिभाइससँग इन्टिग्रेट गर्नुपर्ने हुन्छ। ‘प्रमिश टु सेक्युर’ मा विश्वको न. १ जिपिएस म्यानुफ्याक्चर कम्पनी कन्कस ब्राण्डका हार्डवेयर प्रयोग गरिएको छ।

१५० बढी देशहरुमा सेवा दिइरहेको कन्कसको लागि नेपालको एकमात्र आधिकारिक वितरकको रुपमा शास्त्र क्रिएशन रहेको समेत जानकारी साे अवसरमा गराइयो।

यो सिस्टम प्रयोग गर्नको लागि डिभाइसमा सिम प्रयोग गरिन्छ र सफ्टवेयरसँग इन्टिग्रेट गरिन्छ। तपाईंले एप डाउनलोड गरेर मोबाइलबाट गाडी वा वस्तुको जानकारी लिन सक्नुहुनेछ भने वेबसाइटबाट पनि अपडेट लिन सकिन्छ।

यो सिस्टम सेक्युर रहेको दाबी कम्पनीको छ। नेपालकै डेटा सेन्टरमा सिस्टम होस्ट गरिएको छ, जसले गर्दा डेटा स्वदेशमै रहन्छ। सम्वन्धित व्यत्ति, सस्थाहरुले वाहेक डेटा एक्सेस गर्न पाउने छैनन्।

यो सिस्टम अटोमोवाइल इन्डस्ट्री, फक्ट्री, डेलिभरी कम्पनीहरु, फाइनान्सियल इन्स्टिच्युसन, स्कुल तथा सार्वजनिक यातायातमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोग अबको समयममा दिनानुदिन बढ्ने नै छ।

सरकारको योजना अनुरुप अनिवार्य जिपिएस सिस्टम लागू भए केही वर्षभित्र नेपालमा गाडीहरु यस प्रकारको सिस्टममा अनुबन्धित हुनेछन्, जसले गर्दा कुनै दुर्घटना, चोरीबाट बचाउन र सजिलै नियन्त्रणमा लिन सकिन्छ।

यसैगरी ढाँट्ने, छल्ने र गलत तरिकाले सवारीको प्रयोग गर्नलाई पनि यो सफटवेयर निरुत्साहित गर्नेछ भने सरकारको डिजिटल नेपालको अभियानलाई सार्थक तुल्याउन पनि यस प्रकारको नयाँ प्रविधिले सहयोग गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?