सुपका नौ जिल्लामा एमालेका ५ र माओवादीका ४ जिल्लामा ईन्चार्ज

सुपका नौ जिल्लामा एमालेका ५ र माओवादीका ४ जिल्लामा ईन्चार्ज
+
-

धनगढी-सुदूरपश्चिमका नौ वटै जिल्लामा नेकपाका ईन्चार्ज र सह–ईन्चार्ज तोकिएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १४ महिनापछि सांगठनिक एकता भएको छ।सोही क्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा पनि ईन्चार्ज र सह–ईन्चार्ज तोकिएका हुन ।

सुदूरपश्चिमका नौ वटा जिल्लामा तत्कालिन एमाले तर्फका पाँच जना र तत्कालिन माओवादीतर्फका चार जनाले जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका छन्।यस प्रदेशको सबैभन्दा बढी पाँचवटा निर्वाचन क्षेत्र भएको कैलालीमा तत्कालिन माओवादीकी रुपा चौधरीलाई इन्चार्ज तोकिएको छ।

सह–इन्चार्जमा भने ७ जनालाई तोकिएको छ। जसमा तत्कालिन एमालेबाट गरिमा शाह, झपट रावल, नारदमुनी राना, महेश्वर पाठक र तत्कालिन माओवादीबाट वीरमान चौधरी, लीलाकुमारी भण्डारी र हरिनारायण चौधरी तोकिएका छन्। कैलाली जिल्ला अध्यक्षको जिम्मा भने यस अघि नै तत्कालिन एमालेको भागमा परि रतन थापा अध्यक्ष भैसकेका छन्।

कञ्चनपुरको इन्चार्जमा तत्कालिन एमालेका विक्रम शाहीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ।कञ्चनपुरमा पनि देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली र लालबहादुर विश्वकर्मा गरि ५ जना सह–इन्चार्ज तोकिएका छन्।

कञ्चनपुरको अध्यक्ष तत्कालिन माओवादीले पाएको थियो। एक वटा मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा तत्कालिन एमालेका लालबहादुर थापा इन्चार्ज र प्रकाशवहादुर शाह सहइन्चार्ज भएका छन।थापा संघिय सांसद हुन भने शाह प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन।अध्यक्ष पनि तत्कालिन एमालेले नै पाएको छ।

डोटीको इन्चार्जमा तत्कालिन एमालेका प्रेमआलेमगर र सहइन्चार्जमा गौरी ओली छानिएका छन्।डोटीमा पनि तत्कालिन एमालेकै जिल्ला नेतृत्व रहेको छ।यस अघि डोटीमा ईन्चार्जको चर्चा मुख्यमन्त्री त्रिलोचन भट्टको थियो तर उनले जिम्मेवारी लिन नमानेको बताईएको छ।

कैलाली कंचनपुर पछि दुईवटा निर्वाचन क्षेत्र रहेको अछाममा तत्कालिन माओवादीका तारामान स्वाँर इन्चार्ज र शरदसिंह भण्डारी सहइन्चार्ज तोकिएका छन।जिल्ला अध्यक्ष भने तत्कालिन एमाले पक्षले पाएको थियो।

डडेलधुरामा तत्कालिन माओवादीका खगराज भट्ट जिल्ला इन्चार्ज तोकिएका छन्।तर भट्टले सो जिम्मेवारी अस्वीकार गरेको बताएका छन्।‘म जुनियर भन्दा मुनी बस्दैन’ भनेर प्रदेश इन्चार्ज भीम रावललाई जानकारी गराइसकेको उनको भनाई छ।

डडेल्धुरामा तत्कालिन एमालेकी निरा जैरु सहइन्चार्ज तोकिएकी छन्।डडेलधुराको जिल्ला अध्यक्ष पनि तत्कालिन माओवादीकै रहेका छन्।बैतडीमा तत्कालिन माओवादीका नरेन्द्र कुँवरलाई जिल्ला इन्चार्ज तोकिएको छ भने सह–इन्चार्जमा पुरनसिंह दयाल र रेणु चन्द तोकिएका छन्।

दार्चुलामा तत्कालिन एमालेका गणेश ठगुन्ना जिल्ला इन्चार्ज भएका छन। यसैगरी एक वटै निर्वाचन क्षेत्र रहेको बझाङमा इन्चार्ज तत्कालीन एमालेका भैरवबहादुर सिह र सह इन्चार्ज तत्कालीन माओवादीका देवराज रेग्मीलाई तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?