भारतले चन्द्रमामा फेरि पठायो ‘चन्द्रयान–२’

भारतले चन्द्रमामा फेरि पठायो ‘चन्द्रयान–२’
+
-

काठमाडौं- भारतले सोमबार चन्द्रमामा आफ्नो अन्तरिक्ष यान ‘चन्द्रयान–२’ प्रक्षेपण गरेको छ।

चन्द्रयान-२लाई भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सोमबार (जुलाई २२) स्थानीय समय अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा (नेपाली समय अनुसार दिउँसो ३ बजे) प्रक्षेपण गरेको हो।

गत सोमबार (जुलाई १५) चन्द्रयान–२लाई प्रक्षेपणको तयारी गरे पनि प्राविधिक कारणबस प्रक्षेपण समयभन्दा ५६ मिनेट पहिलो स्थगित भएको थियो।

यो मिशनमा चन्द्रयान-२ ले अपरिचित दक्षिणी ध्रुवमा सेप्टेम्बरको पहिलो हप्ता अवतरण गर्नेछन्। वैज्ञानिकका अनुसार चन्द्रमाको यो क्षेत्र निक्कै जटिल किसिमको रहेको छ। उनीहरुले यहाँ पानी तथा जीवाश्मा फेला पर्नसक्‍ने अनुमान गरेका छन्।

इसरोले १५० मिलियन अमेरिकी डलर खर्चेर तयारी गरेको अभियान अन्तर्गतको चन्द्रयान-२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने जनाइएको छ। सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन्।

चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो।चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ।

चन्द्रयानले भारतलाइ के फाइदा हुन्छ ?


सोमबार दिउँसो भारतले चन्द्रयान-२ प्रक्षेपण गरेपछि उसले चन्द्रमामा रहेको जल र मानव जीवनको सम्भावनाबारे नजिकबाट अध्ययन गर्न पाउनेछन् भने पानी तथा जीवाश्मा फेला पर्नसक्‍ने अनुमान गरेका छन्।

मुम्बइस्थित थिंक ट्यांक गेट वे हाउसमा ‘स्पेश एण्ड ओशन स्टडीज’ कार्यक्रमका रिसर्चर चैतन्य गरीले वासिङ्गटन पोस्टसँग भनेका छन्, ‘ चन्द्रको दक्षिणी ध्रुवमा जाने यो पहिलो अन्तरिक्ष यान हो।’

 

यसलाइ भारतले आफ्नो मिसनको रुपमा मात्र पठाएको छ जसको नाम विक्रम दिइएको छ भने रोबरको नाम प्रज्ञान राखिएको छ। यस्तै विक्रम भारतको अन्तरिक्ष प्रोग्रामको पहिलो प्रमुखको नाममा राखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?